झापामा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडाहाः कार्यकर्ता भेटघाट र शैक्षिक क्षेत्रसँग अन्तरक्रिया

200 Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली आज झापा जिल्ला जाने कार्यक्रम रहेको छ।

निर्धारित कार्यतालिका अनुसार उहाँ बिहान ११ बजे बिर्तामोड स्थित होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुनेछ।

त्यसपछि दिउँसो ३ बजे दमक स्थित गोरखा डिपार्टमेन्ट स्टोर मा हिसान (HISSAN), प्याब्सन (PABSON) र एन–प्याब्सन (N-PABSON) द्वारा आयोजित कार्यक्रममा सहभागी भई शैक्षिक क्षेत्रसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ।

चुनावी माहोल तातिरहेको बेला झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। कार्यक्रमका क्रममा संगठन सुदृढीकरण तथा शैक्षिक क्षेत्रसँग संवाद मुख्य एजेन्डा रहने बताइएको छ।