डा. प्रणय शमशेर राणा कांग्रेसमा फर्किए

180 Shares

काठमाडौं । डा. प्रणय शमशेर राणा बिहीबार नेपाली कांग्रेसमा फर्किएका छन्। राष्ट्रिय सभा गृहमा भएको प्रतिज्ञापत्र प्रश्नोत्तर कार्यक्रम पछि आयोजित पार्टी प्रवेश तथा घर फर्किने कार्यक्रम मार्फत उनलाई कांग्रेसमा स्वागत गरिएको हो।

कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीमा स्वागत गरेका थिए। प्रणयले आफू केही समय घरबाहिर गएर राजनीतिक अभ्यास सिकेर फर्किएको बताउँदै आगामी दिनमा अझ बढी योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।