आम जनता पार्टी (आजपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्यो

179 Shares

काठमाडाैं । आम जनता पार्टी (आम जनता पार्टी (आजपा)) ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा जस्ता विषय समावेश गरिएको छ।

पार्टी अध्यक्ष प्रभु साह ले भने, “आफूलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरेपनि आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ।” उहाँले पुराना र नयाँ सरकारको आलोचना गर्दै, आफ्नो पार्टी नयाँ मुद्दासहित जनतामा गएको दाबी गर्नुभयो।

अध्यक्ष साहले जनताको जीवनस्तर कागजी कितावमा नभई वास्तविक रुपमा सुधार गर्ने योजना रहेको बताउँदै, उम्मेदवार र नीतिका दुवै पक्षमा सहि ढंगले काम गर्ने सुनिश्चितताका लागि जनतालाई गम्भीर भएर मतदान गर्न आग्रह गर्नुभयो।