श्रमिक आयोग बनाउनुपर्नेमा काँग्रेस नेता कोइरालाको जोड

448 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमिकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमिकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्नेमा नेपाली काँग्रेस गम्भीर रहेको बताउनु भयो । 

उहाँले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनु भयो । 

सांसद कोइरालाले श्रमिकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनु भयो ।