पहिलो जितको खोजीमा पोखरा, दबाबमा सुदूरपश्चिम

42 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुने तालिका छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा प्रतियोगितामा पहिलो खेल खेल्दैछ । अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै इतिहास बदल्ने लक्ष्यमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम भने प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।

लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम पोखराविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ । दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुने देखिएको छ । पोखरा सुखद सुरुवातको खोजीमा रहँदा सुदूरपश्चिम पहिलो हार बिर्सेर जितको लयमा फर्कने प्रयासमा हुनेछ ।