काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, सानो (भारतीय) ३५ रुपैयाँ र तराई गोलभेँडा ४० रुपैयाँ कायम गरिएको छ । आलु रातो प्रतिकिलो २० रुपैयाँ र भारतीय आलु २२ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ तोकिएको छ ।
तरकारीतर्फ गाजर (लोकल) ३० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ र बन्दा (नरिवल) २० रुपैयाँ कायम गरिएको छ । काउली स्थानीय ७० रुपैयाँ, काउली (ज्यापु) ९० रुपैयाँ र तराई काउली ६० रुपैयाँ तोकिएको छ । सेतो मूला (लोकल) २० रुपैयाँ, (हाइब्रिड) ३० रुपैयाँ तथा भन्टा लाम्चो ६० रुपैयाँ र डल्लो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी बोडी (तने) ९० रुपैयाँ, मटरकोसा ६० रुपैयाँ, घिउ सिमी (लोकल) १०० रुपैयाँ, (हाइब्रिड) ८० रुपैयाँ र (राजमा) १०० रुपैयाँ तोकिएको छ । तिते करेला १५० रुपैयाँ, लौका ८० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, फर्सी पाकेको ६० रुपैयाँ र हरियो फर्सी ४०–५० रुपैयाँ कायम गरिएको छ । भिन्डी ११० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ५० रुपैयाँ निर्धारण गरिएको छ ।
सागसब्जीतर्फ रायोसाग ८० रुपैयाँ, पालुङ्गो ११० रुपैयाँ, तोरीसाग ६० रुपैयाँ, मेथी ११० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ र हरियो धनियाँ १५० रुपैयाँ तोकिएको छ । च्याउतर्फ कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ कायम गरिएको छ ।
फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती २३० रुपैयाँ र अनार ३५० रुपैयाँ तोकिएको छ । अङ्गुर (हरियो) २२० रुपैयाँ र (कालो) ३५० रुपैयाँ तथा सुन्तला (भारतीय) १५० रुपैयाँ कायम गरिएको छ । तरबुजा ५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ र काँक्रो (लोकल) ४५ रुपैयाँ निर्धारण गरिएको छ ।
मसलातर्फ अदुवा ८५ रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी ८०–९० रुपैयाँ तथा अकबरे खुर्सानी ८०० रुपैयाँ तोकिएको छ । लसुन सुकेको (चाइनिज) २५० रुपैयाँ र (नेपाली) २०० रुपैयाँ कायम गरिएको छ ।
माछातर्फ ताजा माछा (रहु) ३५० रुपैयाँ, (बचुवा) २८० रुपैयाँ र (छडी) २५० रुपैयाँ तोकिएको छ भने सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया