बागमतीसहित ३ प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

201 Shares

काठमाडौँ। बागमतीसहित तीन प्रदेशका केही स्थानमा आज दिउँसो र राति वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। यी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार आज दिउँसो बदली बढ्दै जाने र राति वर्षा तथा हिमपातको सम्भावना बढी रहनेछ। मौसममा आएको परिवर्तनले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।