काठमाडौं । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् ।
आयोगले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनकाअनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज उनको भनाइ छ । उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताएका छन् । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आईतवार अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताएका छन् ।उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया