स्वर्णिम र शिशिरसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली !’

53 Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सार्वजनिक गर्दै देश निर्माणप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने सन्देश दिएका छन् । ‘देश उँभो लाउने टोली !’ भन्ने सन्देशसहित सार्वजनिक भएको तस्बिरले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

प्रधानमन्त्री शाह, अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल एउटै तस्बिरमा देखिएपछि यसलाई सरकारको नेतृत्व तहबीचको सहकार्य र एकताको संकेतका रूपमा समेत हेरिएको छ । प्रधानमन्त्री शाह हालै भारतको दुईदिने राजकीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेका थिए ।

उक्त भ्रमणमा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी थिए । भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पारवहन, पूर्वाधार तथा ऊर्जा सहकार्यका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो । तीनै नेताको जिम्मेवारी पनि फरक–फरक भए पनि सरकारको समग्र लक्ष्य देशको आर्थिक तथा कूटनीतिक विकाससँग जोडिएको छ ।

अर्थमन्त्रीका रूपमा वाग्लेमाथि अर्थतन्त्र सुधार, लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने जिम्मेवारी छ । त्यस्तै, परराष्ट्रमन्त्री खनालको भूमिका अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र नेपालको कूटनीतिक हित प्रवद्र्धनमा केन्द्रित छ ।

प्रधानमन्त्रीको पछिल्लो सन्देशले सरकारको नेतृत्व तहमा सहकार्य र साझा उद्देश्यको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ । अन्ततः देश बनाउने प्रतिबद्धता अभिव्यक्तिमा मात्र होइन, काम र परिणाममा देखिनु आवश्यक छ । जनताले पनि सरकारबाट त्यही अपेक्षा गरेका छन् ।