काठकाडौं । भिटामिन ए खुवाआँै, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताए। उनले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गरे । नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताए । यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उनले स्पष्ट पारेका छन् । सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया