काठमाडौं । धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानविन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । रोल...
संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् । जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी बिरोध जनाएका छन् । त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा नगरमा व्यापारीहरुले बिरोध ¥याली समेत निकालेका थिए । धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो । छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरु प्रतिवादमा उत्रिएका थिए । प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरु प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया