237
Shares
काठमाडौं । भोजपुरमा ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । अरू चारजना घाइते भएका छन् ।काठ बोकेर चाम्लादाङबाट दिङ्लातर्फ गुडिरहेको ट्याकटर दुर्घटना हुँदा चालक षडानन्द नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका वडा नम्बर ४ का १७ वर्षे नविन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिएका छन् । दुर्घटनामा १९ वर्षका दाछिरि शेर्पा, २३ वर्षका अम्बर तामाङ, १८ वर्षका सागर तामाङ र १८ वर्षकी सुनिता तामाङ घाइते भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया