निजामती कर्मचारी अस्पतालका नर्सहरु पनि आन्दोलित

67 Shares

काठमाडौं । निजामती कर्मचारी अस्पतालमा नर्सहरुले पनि आन्दोलन शुरु गरेका छन् । शुक्रवार काठमाडौंको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरुले उचित पारिश्रमिक दिनुपर्ने लगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । न्युनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरुले पनि धर्नामार्फत ऐक्यवद्धता जनाएको बताएका छन् । उनीहरुले योग्यता र अनुभवको आधारमा आफूहरुलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरुले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवकोअनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए ।