जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम

71 Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताएका छन् ।
सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् । उनले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताएका छन् । उपचाररत घाईतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताएका छन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताएका छन् । उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताएका छन् ।