काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिका कार्यरत आयुर्वेद डा. विनोद साहले नेपालमा आयुर्वेदिक चिकित्सा फस्टाउँदो क्रममा रहेको बताएका छन् ।
सिंहदरबार वैद्यखाना विकास समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्तीको अवसरमा आईतवार उनले यस्तो बताएका हुन् ।
उनले सिंहदरबार वैद्यखानामा धेरै किसिमका आयुर्वेदिक औषधिहरु उत्पादन भएर विक्री वितरण भइरहेको जानकारी दिए ।
आयुर्वेदिक औषधिलाई नेपालका सबै जिल्लाका नागरिकमा सहज पहुँच पुग्नेपरि वैद्यखानाले काम गरिरहेको उनको भनाई छ ।
उनले हालै वैद्यखानाका उत्पादन सुपथ मूल्यका उपलब्ध गराउनको लागि नरदेवी आर्युवेदिक चिकित्सालयसँग सम्झौता गरेको पनि जानकारी दिए ।
सिंहदरबार वैद्यखाना विकास समितिमा आईतवार विशेष पूजाआज गरी समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्ती मनाइएको छ ।
धन्वन्तरी जयन्ती आर्युवेद जगतमा लोकप्रिय रहेको डा साहले बताए । उनकाअनुसार पृथ्वीमा आयुर्वेदको अवतरण नै धन्वन्तरी भगवानले गराउनुभएको भन्ने विश्वास रहेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया