145
Shares
काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ ।
स्थानिय कविर मन्दिरका पुजारी ७० वर्षीय रामदुलार साहलाई नचिनेका व्यक्तिले गएराति गोली हानेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बर पुरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको खोजी र आवश्यक अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया