काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु

325 Shares

काठमाण्डौ। रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ ।

रोशी खोलाले बगाएर तेमाल ८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको हो ।

उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको पहरीले जनाएको छ ।

यसअघि हिजोमात्रै काभ्रेमै सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृत्यु भएको थियो ।