सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

294 Shares

काठमाण्डौ ।  अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ ।

सोमबार बिहान १० स् ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ । 

प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।

आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।