220
Shares
काठमाडौं । शुक्रबारदेखि विपद्का घटनामा ४९ जनाको मृत्यु भएको छ।
बाढी पहिरोमा परेर अधिकांशको मृत्यु भएको छ भने केहीको चट्याङ र दुर्घटनामा परेर मृत्यु भएको हो। शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । यसैगरी ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया