247
Shares
काठमाण्डौ । सुनको भाउमा कीर्तिमान कायम भएको छ ।
सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया