महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीद्धारा आगजनी

247 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।

उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।

उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा  सुरूमा आगजनी गरेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।