सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

260 Shares

काठमाण्डौ । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६ सय रुपैयाँ थियो । 

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार चार सय ७० रुपैयाँ पुगेको छ । 

हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो । 

यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।