काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंमा सुकिला नोट मात्रै साट्न भएको छ ।
एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएको पर्याप्त नोट प्रयोगमा नआउने र नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै गएपछि केन्द्रीय बैंकले सुकिला नोट ने साट्ने व्यवस्था मिलाउने भएको हो ।
विगतमा दशैं तिहारमा साटेर एकपटक प्रयोगमा आई पुन बैंकहरुमा पर्किएको नोट पर्याप्त मात्रामा रहेकाले नोटलाई छानेर सुकिला नोट साट्ने व्यवस्था मिलाउनेबताइएको छ ।
अर्को सातासम्म राष्ट्र बैंकले सूचना निकालेर भदौ अन्तिममा वा असोज लागेसँगै नोट साट्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
‘राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयका साथै सातै प्रदेशका प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरुबाट पनि सुकिला नोट साट्न पाउने व्यवस्था मिलाउने बताइएको छ ।
बैंकहरुलाइ पनि सहज रुपमा नोट साट्न सक्नेगरी सुकिला नोट उपलब्ध गराउने भएकोले बैंकहरुबाट पनि सजिलै दशैंका लागि नोट साट्न सकिने बताइएको छ ।
राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयका साथै नोट कोष सञ्चालनमा रहेका बैंकको विभिन्न जिल्लामा रहेका कार्यलयहरुबाट पनि सुकिला नोट सर्वसाधरणलाई उपलब्ध गराउन बैंकहरुले साट्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया