सुनको भाउले बनायो कीर्तिमान

346 Shares

काठमाडौं । आज सुनको भाउले कीर्तिमान बनाएको छ । 

सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । 

हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । 

चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । 

हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।