सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

260 Shares

काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । 

तोलामा चार सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार रुपैयाँ थियो । 
यस्तै चाँदी १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । 

हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४५ रुपैयाँ थियो ।