270
Shares
काठमाडौँ । स्थानीय बजारमा हिजोको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ ।
सुनको मोल तोलमा तीन सयले बढेको छ भने चाँदी १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ ।
हिजो एक तोला सुन एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया