अन्ततः सर्याे  कक्षा १२ को परीक्षा, वैशाख २१ गतेदेखि गर्ने सरकारकाे निर्णय

540 Shares

काठमाडौँ । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सरेकाे छ । अब २१ वैशाखदेखि सुरु हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा सार्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । मंगलबार साँझ अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । सोही भेटमा प्रधानमन्त्री ओलीले अर्को सूचना नभएसम्म परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि काठमाडौंमा केन्द्रित आन्दोलनमा छन् । तर, सरकार र आन्दोलनरत शिक्षकबीच माग सम्बोधनको पहल अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।