
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जेन–जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि भइरहेको बताए ।
राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ । उनले नेकपा (एमाले)लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।
मुलुककमा भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थीरता र राष्ट्रहितको काम मन नपाउने शक्तिहरु अझैपनि सक्रिय रहेको उल्लेख गर्दै उनले यसप्रति सजग रहन सबैलाई आग्रह गरे ।
निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गरे । उनले मुलुकमा अगुवाई गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गरे ।
त्यस्तै अध्यक्ष ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको पनि बताउका छन् । सरकारले निर्वाचन गराउने बाटो नसमातेको र सरकार असंवैधानिक र अवैध भएको उनले दोहो¥याए ।
अध्यक्ष ओलीले मुलुक प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया