काँग्रेस लोकतान्त्रिक पार्टी हो, वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्दैनौं: श्यामकुमार घिमिरे

35 Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउका छन् । 

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उनले यस्तो बताउका हुन् ।

उनले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताए । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

उनले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गरे । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताए । 

उनले केन्द्रिय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताएका छन् ।