प्रधानमन्त्री बालेनद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

49 Shares

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुग्नुभएका प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारलगायत सहभागी हुनुहुन्थ्यो ।

भेटमा भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत अधिकारीको उपस्थिति थियो । प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।