नेपाललाई २४० अर्ब रुपैयाँको विकास सहयोग प्याकेज दिने मोदीको घोषणा

7 Shares

काठमाडौँ । भारतले नेपाललाई २४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गर्नुभएको हो ।

मोदीका अनुसार भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्याकेज घोषणा गरिएको हो ।

उक्त रकममध्ये कति अनुदान र कति ऋण रहने भन्नेबारे भने स्पष्ट पारिएको छैन ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले विपद्बाट प्रभावित परिवारको जीवनलाई सामान्य अवस्थामा फर्काउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने नेपालको क्षमता बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई थप मजबुत बनाउन भारतले विकास सहयोग प्याकेज ल्याएको बताउनुभयो