जनकपुर–अयोध्या रेल सेवासहित नेपाल–भारतका विभिन्न परियोजना अघि बढे

46 Shares

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले संयुक्त रूपमा जनकपुर–अयोध्याबीच सञ्चालन हुने ‘सरयू कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गर्नुभयो ।

भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण तथा झापामा तेल भण्डारण टर्मिनल निर्माणको शिलान्यास गरिएको छ ।

सीमापार व्यापार सहज बनाउन बनबासामा एकीकृत जाँच चौकी निर्माण र धार्चुला सडक पुल उद्घाटन गरिएको छ । यसैगरी अन्तरिक्ष प्रविधि, स्वास्थ्य, शिक्षा, आयुर्वेद, प्रहरी अनुसन्धान, कर्मचारी क्षमता अभिवृद्धि तथा दिगो सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

दुई देशबीच भएका सहमति र परियोजनाले नेपाल–भारत सम्बन्धलाई ऊर्जा, व्यापार, यातायात र प्रविधिका क्षेत्रमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।