नेपाल भ्रमणका लागि मोदीलाई प्रधानमन्त्री बालेनको निमन्त्रणा

7 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन् । नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी मोदीलाई नेपाल आउन निम्तो दिएका हुन् ।

सोमबार भारतको नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहको निमन्त्रणासँगै दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयले महत्त्व पाएको छ ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने र आपसी हितका विषयमा सहकार्य अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको निमन्त्रणालाई महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन ।