होर्मुज जलडमरूमध्य नजिक नौसैनिक उपस्थिति विस्तार गर्दै दक्षिण कोरिया

68 Shares

दक्षिण कोरियाले अदनको खाडीमा तैनाथ आफ्नो नौसैनिक एकाइ ‘चेओङ्हे युनिट’ को कार्यक्षेत्र विस्तार गरी ओमानको दक्षिणी समुद्री क्षेत्रसम्म पु¥याउने तयारी गरेको छ ।

समुद्री डकैती नियन्त्रण, व्यापारिक जहाजको सुरक्षा तथा सम्भावित अन्तर्राष्ट्रिय समुद्री बारुदी सुरुङ निष्क्रिय पार्ने अभियानलाई ध्यानमा राखेर यो योजना अघि बढाइएको हो । नयाँ योजनाअन्तर्गत पी–८ ए समुद्री गस्ती विमान, मानवरहित पानीमुनि तथा सतहमा सञ्चालन हुने यान र विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेष टोली परिचालन गरिनेछ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्ताव तयार पारेको पुष्टि गरेको छ ।

उपमन्त्रीस्तरीय बैठकबाट पारित प्रस्ताव मन्त्रिपरिषद् र राष्ट्रपतिको स्वीकृतिपछि राष्ट्रिय सभामा पेस गरिनेछ । सन् २००९ देखि अदनको खाडीमा परिचालित चेओङ्हे युनिटमा हाल ३२० जनासम्म सुरक्षाकर्मी छन् । यो सङ्ख्या बढाएर ३९५ पु¥याउने तयारी ।