रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानबीच महत्वपूर्ण छलफल भएको छ ।
अक्टोबर ३१ मा टर्कीको इस्तानबुलमा भएको भेटवार्तामा युद्ध अन्त्य गर्ने सम्भावित उपाय, क्षेत्रीय सुरक्षा र कृष्णसागरमा सुरक्षित आवागमनका विषयमा छलफल भएको हो। भेटवार्तापछि जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसलाई सहभागी गराएर नोभेम्बरको पहिलो आधामा त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
उक्त वार्ता टर्कीमै आयोजना गर्न सकिने सम्भावनाबारे पनि दुई नेताबीच छलफल भएको छ । वार्तामा युरोपेली साझेदारलाई समेत सहभागी गराउनुपर्ने युक्रेनको धारणा छ । कृष्णसागर हुँदै हुने व्यापारिक तथा खाद्यान्न ढुवानीलाई सुरक्षित बनाउन नयाँ अन्न ढुवानी मार्ग सञ्चालन गर्ने विषयमा पनि सहमति भएको छ ।
पछिल्लो समय कृष्णसागरमा नागरिक तथा व्यापारिक जहाजमाथि भएका आक्रमणप्रति एर्दोगानले चिन्ता व्यक्त गर्दै रुस र युक्रेन दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । टर्कीले रुस र युक्रेन दुवैसँग कूटनीतिक सम्बन्ध कायम राख्दै युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास गर्दै आएको छ ।
तर पछिल्लो भेटवार्ताले युद्धविराम वा शान्ति सम्झौता भइसकेको भने होइन। आगामी नोभेम्बरमा प्रस्तावित त्रिपक्षीय वार्तालाई युद्ध अन्त्यको कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया