10
Shares
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत राठौरले पार्टी संकटको अवस्थामा एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै गगन थापाले अघि सारेको सहकार्यको प्रस्तावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयाे ।
पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राठौरले कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर अघि बढाउने उद्देश्यले आफूले यस्तो निर्णय गरेको बताउनुभयाे ।
उहाँले पार्टीको हित र एकताका लागि आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया