9
Shares
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रका लागि तय गरिएका एजेन्डालाई केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले स्वीकृत गरेपछि प्रतिनिधिहरू विभिन्न समूहमा विभाजित भएर छलफलमा सहभागी भएका छन्।
महाधिवेशनको बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन क्लस्टरमा सञ्चालन गरिएको छ। प्रतिनिधिहरूको सहभागितालाई सहज बनाउन तीनै क्लस्टरका लागि छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ।
जसअनुसार हिमाल, पहाड र तराई–मधेश नामका हलमा प्रतिनिधिहरूलाई सम्बन्धित प्रदेश तथा समूहअनुसार विभाजन गरिएको हो। बन्दसत्रको प्रारम्भ भने पहाड क्लस्टरबाट भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया