आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

13 Shares

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा साेमबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार बिहान साढे ९ बजेदेखि शुरु हुने भएकाे हाे । यसअघि गत शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल साेमबारको खेलमा पनि साेही लय कायम राख्ने लक्ष्यमा छ ।

यसअघि नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेकाे थियाे । अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए का थिए। नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको हाे।

दुवै टोलीले एक–अर्काविरुद्ध ५–५ खेल जितेका छन् ।