काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ ।
एन्फाका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार सस्मित पोखरेल लगायतसँग भेटवार्ता तथा छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाह ले निलम्बन फुकुवा भएको पुष्टि गरेका छन् । उनले फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।
‘निलम्बन फुकुवापछि महिला टोलीले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ,’ शाहले बताएका छन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् ले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार अखिल नेपाल फुटबल संघ नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया