आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको मुम्बईमाथि शानदार जित

41 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भएको ४४औं खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

घरेलु मैदान चेन्नाईमा शनिबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेलेका हुन् । उनले ४८ बलमा अविजित ६७ रन जोडेका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

 

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । यो जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैठौं स्थानमा उक्लिएको हो । मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको हो ।