एजेन्सी । चीनले ताइवान द्वीपनजिकको आफ्ना हवाई क्षेत्र आगामी ४० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ। पश्चिम एशियामा जारी युद्धको अवस्थालाई ध्यानमा राख्दै चीनले उक्त क्षेत्रमा उडान आवतजावत रोक्ने निर्णय गरेको हो।
यसअघि ती जलक्षेत्रहरूमा चीनले आफ्ना लडाकू विमान तथा विमानवाहक युद्धपोत परिचालन गर्दै आएको थियो। चीनका अनुसार आगामी मे ६ तारिखसम्म ठूलो हवाई क्षेत्र बन्द रहनेछ। अमेरिकी अखबार The Wall Street Journalका अनुसार चीनले पूर्वसूचना बिना नै ४० दिनसम्म उडान बन्द गर्ने सूचना जारी गरेको हो।
यो हवाई क्षेत्र दक्षिण कोरिया नजिक पर्ने पीत सागरदेखि जापान नजिकको पूर्वी चीन सागरसम्म फैलिएको छ। संयुक्त राज्य अमेरिकाले इरान तथा मध्यपूर्वमा फसेका नागरिकको उद्धार र सैन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा चीनको यस्तो निर्णय आएको हो।
विश्लेषकहरूले ताइवानमाथि संभावित आक्रमणको तयारीस्वरूप चीनले हवाई क्षेत्र बन्द गरेको हुनसक्ने अनुमान गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया