अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो

59 Shares

अमेरिकी प्रतिनिधिसभामा रक्षा मन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास असफल भएको छ । मंगलबार भएको मतदानमा २११ मत महाभियोगसम्बन्धी प्रस्तावलाई समितिमा पठाउने पक्षमा र २०४ मत विपक्षमा परेको थियो । रिपब्लिकन सांसदहरूको समर्थनमा प्रस्ताव समितिमा पठाइएपछि महाभियोग प्रक्रिया अघि बढ्न सकेन ।

रिपब्लिकन सांसद थोमस मेसीले हेगसेथविरुद्ध आठवटा महाभियोगसम्बन्धी आरोप प्रस्तुत गरेका थिए । ती आरोपमा इरान र यमनमा अमेरिकी सैन्य कारबाही, क्यारेबियन क्षेत्रमा भएका आक्रमण तथा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउमा उनको भूमिकालगायत विषय समावेश थिए ।

तर रक्षा मन्त्री हेगसेथले आफूले गरेका सबै सैन्य कारबाही कानुनसम्मत रहेको दाबी गर्दै महाभियोग प्रयासलाई राजनीतिक प्रपञ्चको संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हेगसेथको समर्थन गर्दै महाभियोग प्रयास असफल भएकोमा खुसी व्यक्त गरेका छन् ।