एजेन्सी। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मंगलबार राति इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ ।
एक सुरक्षा स्रोतले पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेकाे जनाएकाे हाे । पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ । यस कार्यले अन्तर्राष्ट्रिय कानून वा मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको कुरामा समेत सोही संगठनले जोड दिएको छ ।
साथै, पीएमएफले इराकका राजनीतिक शक्तिहरूलाई यस्ता गम्भीर उल्लंघनहरू अन्त्य गर्न र देशको सार्वभौमसत्ताको रक्षाका लागि स्पष्ट र दृढ अडान लिन समेत आग्रह गरेको हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया