54
Shares
काठमाडौं । डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
ट्रम्पले ट्रुथ सोसलमार्फत इरानसँग वार्ता भइरहेको जानकारी दिँदै पाँच दिनका लागि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका थिए। उनले मध्यपूर्वमा तनाव समाधानका लागि भइरहेको वार्ता “फलदायी र सकारात्मक” रहेको उल्लेख गरेका छन्।
उनको यही बयानपछि विश्व बजारमा ब्रेन्ट क्रूड आयलको मूल्य १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९६ डलरमा झरेको छ। यस्तै ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घटेर १३९ पेन्समा पुगेको बीबीसीले जनाएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीच तनाव कम हुने संकेत देखिएसँगै ऊर्जा बजारमा आपूर्ति अवरोधको डर घट्दा मूल्यमा गिरावट आएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया