एजेन्सी । डोनाल्ड ट्रम्पले इरानसँग भएको वार्ता फलदायी भएको दाबी गर्दै इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरिएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मध्यपूर्वमा देखिएको तनाव समाधानतर्फ सकारात्मक छलफल भएको उल्लेख गरेका छन्। उनका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू अस्थायी रूपमा पाँच दिनका लागि रोकिएको हो।
यसअघि इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण भएमा फारसको खाडीका सञ्चार लाइनहरूमा माइन बिछ्याइने चेतावनी दिएको थियो।
त्यस्तै, इरानसँग सम्बन्धित होर्मुज स्ट्रेट खोल्ने विषयमा ट्रम्पले दिएको समयसीमा आज सकिँदैछ, जसले क्षेत्रीय तनावलाई थप चासोको विषय बनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया