एजेन्सी । सर्गेई लाभरोभले अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने नीति अपनाइरहेको आरोप लगाउनुभएको छ।
उहाँका अनुसार अमेरिकाले आफ्नो स्वार्थलाई सधैं अन्तर्राष्ट्रिय सम्झौताभन्दा माथि राख्ने सिद्धान्त पछ्याउँदै आएको छ। लाभरोभले अमेरिका केवल आफ्नै समृद्धिमा केन्द्रित रहने र अन्य राष्ट्रमाथि दबाब सिर्जना गरेर समस्या उत्पन्न गर्ने गरेको टिप्पणी गर्नुभयो।
उहाँले रूससँग सहकार्य गर्न चाहने हो भने अमेरिकाले पहिले रूसको हितको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया