इरानमा सेना नपठाउने ट्रम्पको स्पष्टोक्ति, युद्धले विश्व अर्थतन्त्रमा असर

204 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमा सेना पठाउने कुनै पनि योजना नभएको बताएका छन्।

अमेरिका–इजरायल र इरान बीचको तनाव चर्किँदै गएको अवस्थामा ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइची सँगको भेटका क्रममा ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव झन् बढेको छ।

उक्त द्वन्द्वका कारण विश्वव्यापी ढुवानी प्रणालीमा अवरोध उत्पन्न भएको छ भने कच्चा तेलको मूल्य समेत बढेको छ। यसले समग्र विश्व अर्थतन्त्रमा समेत असर पारिरहेको बताइएको छ।