प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

142 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगका अनुसार अब ४ सिटको मात्रै नतिजा आउन बाँकी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेले १–१ सिटमा अग्रता कायम गरेका छन्।

रास्वपाले गोरखा–१ मा, नेपाली कांग्रेसले इलाम–१ मा तथा नेकपा एमालेले सङ्खुवासभा–१ मा अग्रता बनाइरहेका छन्। धनुषा–१ को भने मतपरिणाम हाल सार्वजनिक नगर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।

हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले ८ सिटमा विजय हासिल गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा रहेको छ। श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ।