सुनसरी–१ मा हर्क साम्पाङको फराकिलो अग्रता, गोमा तामाङ दोब्बर मतले पछि

179 Shares

काठमाडौं । सुनसरी–१ मा श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले फराकिलो अग्रता कायम राख्नुभएको छ।

उहाँकी प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई पछि पार्दै साम्पाङ करिब दोब्बर मतसहित अग्रस्थानमा रहनुभएको हो।

हालसम्मको मतगणनाअनुसार साम्पाङले ३१ हजार ७ सय ६ मत प्राप्त गर्नुभएको छ भने तामाङले १६ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ।