रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु

163 Shares

रामेछाप — रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने स्थानमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भएको छ। उक्त सवारीमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी करिब १०/११ जना सवार रहेको बताइएको छ।

दुर्घटनापछि उद्धार कार्य जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।